अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:३२ | Colorodo: 11:47

बीआरआई विवाद गर्नुपर्ने विषय होइन : झलनाथ खनाल

बिआरटीनेपाल २०८१ मंसिर १५ गते ७:५५ मा प्रकाशित

नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) विवाद गर्नुपर्ने विषय नभएको बताउनुभएको छ ।सञ्चारकर्मीहरुसँग कुरा गर्दै वरिष्ठ नेता खनालले यस्तो बताउनुभएको हो ।नेता खनालले नेपाल र चीनका बीचमा बहुआयामिक क्षेत्रमा वकास र निर्माणका विषयमा सहयोगहरु गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो । उहाँले चीनले ऋण मात्रै दिनुपर्छ भन्नेहरुले चीनबाट अनुदान लिएर बनाइएका उद्योगधन्दाहरु कौडीको मूल्यमा बेचेको आरोपसमेत लगाउनुभयो ।

वरिष्ठ नेता खनालले चीनबाट ऋण वा अनुदान लिँदा राष्ट्रिय हितलाई सर्वोपरी राख्नुपर्नेमा जोड दिनुभयो ।अमेरिकाबाट लिइएको मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसिसि) परियोजना दुई वर्षमा १० अर्ब बढी ऋण नेपालले हाल्नुपरेको भन्दै नेपालका लागि एमसिसि ऋण भन्दा पनि ठूलो भएको बताउनु भयो । उहाँले एमसिसि राष्ट्रका लागि बोझ भएको दाबी गर्नुभयो । नेता खनालले आग्रह, पूर्वाग्रहबाट नभइ यथार्थ ढंगले सम्बन्धहरु बिस्तार हुनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू