अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५६ | Colorodo: 18:11

सरकारले उखुको समर्थन मूल्य तोक्यो

बिआरटीनेपाल २०८१ मंसिर १३ गते २३:२० मा प्रकाशित

सरकारले उखुको समर्थन मूल्य तोकेको छ । उद्योगहरुले किसानसँग उखु लिएर क्रसिङ शुरु गरेको झण्डै एक सातापछि सरकारले उखुको समर्थन मुल्य तोकेको हो ।

नयाँ मुल्य अनुसार उखु प्रतिक्विन्टलमा २० रुपैयाँ बढाइएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले उखु मिलले किसानहरूलाई उपलब्ध गराउने रकममा प्रतिक्विन्टल २० रुपैयाँले वृद्धि गरेको हो । अब किसानले प्रतिक्विन्टल ५ सय ८५ रुपैयाँ उखु मिलबाट पाउने छन् ।

सरकारले उखु किसानलाई अनुदानबापत दिने रकमको भने निर्णय गर्न बाँकी छ । सरकारले यसअघि प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान दिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू