अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२३
| Colorodo: 23:38
सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण स्वीकृत गरेको छ ।बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले मंसिर १७ गतेदेखि हुन लागेको प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत गरेको हो ।
भ्रमण मंसिरको १७ देखि २० गतेसम्म हुने छ । भ्रमणमा निजी क्षेत्रको ठूलो उपस्थिति रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले बताउनुभयो । निजी क्षेत्र, सांसदहरु र परराष्ट्रमन्त्री मात्रै हुने र अन्य विज्ञहरु मात्रै रहेको बताउनुभयो । न्युनतम संख्यामै जान लागिएको बताउनुभयो । भ्रमणको एजेण्डाको बारेमा छलफल जारी रहेको बताउनुभयो ।
प्रधानमन्त्रीको भ्मण टोलीमा ८७ जनाको संख्या रहेको र धेरै निजी क्षेत्रबाट उपस्थिति रहेको बताउनुभयो ।