अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४९ | Colorodo: 18:04

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक

बिआरटीनेपाल २०८१ मंसिर १३ गते २३:१५ मा प्रकाशित

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गरेको छ ।गत साउनमा आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गरिएको थियो । मौद्रिक नीतिको पहिलो त्रैमाससम्मको कार्यान्वयन स्थिति, आन्तरिक तथा बाह्य आर्थिक एवम् वित्तीय अवस्था तथा समष्टिगत आर्थिक परिदृश्यका आधारमा मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गरिएको छ ।

राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामा कुनै पनि नीतिगत परिवर्तन नगरि यथावत राखेको छ । मौद्रिक नीतिको विद्यमान नीतिगत दरलाई ५ प्रतिशत, ब्याजदर करिडोरअन्तर्गतको तल्लो सीमाको रूपमा रहेको निक्षेप संकलन दरलाई ३ प्रतिशत र ब्याजदर करिडोरअन्तर्गतको माथिल्लो सीमाको रूपमा रहेको बैंक दरलाई ६.५ प्रतिशतमा यथावत राखिएको हो ।

नीतिबाटै मूल्य स्थिरता तथा वाह्य क्षेत्र स्थायित्व कायम राख्दै आर्थिक क्रियाकलाप विस्तारमा थप सहयोग पुग्ने अपेक्षा गरिएको राष्ट्र बैंकले जनाएको छ । अनिवार्य नगद मौज्दात र वैधानिक तरलता अनुपातलाई पनि यथावत राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू