अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३९ | Colorodo: 08:54

कांग्रेस, एमाले र माओवादीबीच भाग नमिल्दा न्यायाधीश नियुक्ति हुन सकेन : अध्यक्ष लिङ्देन

बिआरटीनेपाल २०८१ मंसिर १३ गते ६:०३ मा प्रकाशित

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले सही नेतृत्व र सही व्यवस्था नपाउँदा देश बन्न नसकेको बताउनुभएको छ ।बिहीबार काठमाडौंमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले यस्तो बताउनुभएको हो ।

अध्यक्ष लिङ्देनले सही नेतृत्व र सही व्यवस्था नहुँदा देश बन्न नसकेको जिकिर गर्नुभयो । उहाँले राजनीतिक दलका मानिसहरुलाई न्यायाधीशमा, अख्तियारमा नियुक्ति गर्दा न्याय मरेको जिकिर गर्नुभयो । उहाँले सरकारी निकायहरुमा काँग्रेस, एमाले, माओवादीले भाग लगाएर नियुक्ति गरिरहेको बताउनुभयो । सर्वोच्च अदालतमा कांग्रेस, एमाले, माओवादीबीच भाग नमिल्दा न्यायाधीश नियुक्ति हुन नसकेको दाबी गर्नुभयो ।

अध्यक्ष लिङ्देनले अब सिंगो देश एउटा निर्वाचन क्षेत्र हुनुपर्ने र जनता स्वयंले प्रधानमन्त्री चुन्न पाउनुपर्ने बताउनुभयो । उहाँले सरकारलाई विदेशीले कहिले लडाउने हो भनेर डर पैदा भइरहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू