अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०७ | Colorodo: 01:22

स्कोनले जग्गा मिचेको भन्दै दायर मुद्दामा प्रमाण र लिखित जवाफ मगाउने आदेश

बिआरटीनेपाल २०८१ मंसिर १३ गते ४:५२ मा प्रकाशित

जिल्ला अदालत काठमाडौंले बुढानीलकण्ठस्थित राधाकृष्ण मन्दिर (स्कोन)ले सरकारी जग्गा मिचेको दाबीसहित दायर गरेको मुद्दामा प्रमाण र लिखित जवाफ मगाउने आदेश गरेको छ ।कानूनका विद्यार्थीहरू जस्मीन ओझा र आर्सी ढकालले दायर गरेको मुद्दामा जिल्ला न्यायाधीश ध्रुवराज कार्कीको इजलासले लिखित जवाफ मगाउने आदेश गरेको हो ।

अदालतले उक्त मुद्दामा पहिलो सुनुवाई गर्दै बुढानीलकण्ठ नगरपालिकामा सार्वजनिक सम्पत्तिमा भवन निर्माण गरिएको बारे÷अतिक्रमित सार्वजनिक सरकारी जग्गा फिर्ता गरिपाऊँ भन्ने विषयमा के कसो भएको हो जवाफ पेस गर्न आदेश गरेको छ । यस्तै निवेदनमा स्थलगत निरीक्षण गरी प्रतिवेदन पेस गर्ने भनी उल्लेख गरेको भन्दै उक्त निवेदनहरूको सम्बन्धमा के भइरहेको भन्नेबारे सम्बन्धित नगरपालिकाबाट लिखित जवाफ माग गर्न पनि आदेश गरिएको छ ।

सरकारी जमिनमा अवैध तरिकाले निजी प्रयोगका लागि भवन निर्माण गरेको र विष्णुमती नदीको अस्तित्वनै मेटाउने गरी अतिक्रमण गरेको दाबीका साथ सार्वजनिक जग्गा सार्वजनिक नै कायम गर्न माग गर्दै मुद्दा दायर भएको थियो ।

प्रतिक्रिया