अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:१९ | Colorodo: 07:34

मन्त्रालयहरूको त्रैमासिक समीक्षा सुरु

बिआरटीनेपाल २०८१ मंसिर १२ गते ४:०२ मा प्रकाशित

सरकारका मन्त्रीहरूको त्रैमासिक समीक्षा सुरु भएको छ । बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा मन्त्रीहरूको त्रैमासिक समीक्षा सुरु भएको हो । समीक्षा बैठकमा आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको प्रथम त्रैमासिक समीक्षा भइरहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो  । सरकारले गरेका काम कारबाहीहरू, मन्त्रालयले सचिवहरूसँग गरेका कार्य सम्पादन सम्झौता र प्रधानमन्त्रीसँग मन्त्रीहरूले गरेका कार्य सम्पादन सम्झौताबारे समीक्षा भइरहेको जनाइएको छ । समीक्षा बैठकमा प्रधानमन्त्री ओली, मन्त्रीहरूलगायतको उपस्थित रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू