अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२९ | Colorodo: 18:44

महिलालाई राज्यका प्रणालीहरुमा मुख्य जिम्मेवारी दिनुपर्छ : पूर्वसभामुख घर्ती

बिआरटीनेपाल २०८१ मंसिर १२ गते ३:२२ मा प्रकाशित

पूर्वसभामुख तथा नेकपा (माओवादी केन्द्र)की नेतृ तथा पूर्वसभामुख ओनसरी घर्तीले महिलाहरुलाई राज्यका हरेक निकायहरुको मुख्य जिम्मेवारी दिने वातावरण बनाउनुपर्ने बताउनुभएको छ ।मंगलबार ललितपुरमा आयोजित मिडिया एडभोकेसी ग्रुपले आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्वसभामुख घर्तीले महिलाहरुले अझै पनि राज्यका निकायहरुमा मुख्य जिम्मेवारी नभई कसैको सहयोगीको रुपमा जिम्मेवारी वहन गर्नुपर्ने स्थिति रहेको बताउनुभएको हो ।

पूर्वसभामुख घर्तीले मुख्य जिम्मेवारी दिइएको ठाउँमा पनि महिलाको क्षमतामाथि शंका उपशंका गर्ने गरेको बताउनुभयो । उहाँले आफू सभामुख रहँदा तत्कालिन मन्त्री र राजनीतिक दलहरुले नै आफ्नो क्षमतामाथि आंशका गर्दा डर पैदा गराएको भएपनि आफ्नो जिम्मेवारी प्रभावकारी रुपमा निर्वाह गरेको बताउनुभयो ।महिलाहरुमाथि मानसिक समस्याहरु सिर्जना गर्ने वातावरणको अन्त्य गरी महिलाहरुका लागि राज्यका हरेक निकायहरुमा ढोका खोल्न आफू केही हदसम्म सफल रहेको उहाँको दाबी छ ।

छोरी भएकै कारण समाजमा भोग्नुपरेका पीडा र समस्याहरुको अन्त्य गर्न आफू राजनीतिमा लागेको दाबी गर्दै पूर्वसभामुख घर्तीले आउँदो पुस्ताले बिना संघर्ष बाँच्न पाउने वातारणको सिर्जना गर्न सबै लाग्न एकजुट भएर लाग्न आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा नेकपा एमाले स्थायी कमिटी सदस्य विन्दा पाण्डेले महिलाहरुको क्षमतामाथि प्रश्न उठाउनुभन्दा उनीहरुको क्षमता विकासमा जोड दिन आवश्यक रहेको बताउनुभयो । उहाँले पटक पटकको आन्दोलनको उपलब्धी स्वरुप आज महिला अधिकार स्थापित भएको बताउँदै यसको स्वामित्व पनि सबैले पाउनुपर्ने बताउनुभयो ।

उहाँले आफूले अहिलेसम्म पाएको जिम्मेवारी कसैको भन्दा कमजोर नगरेको उल्लेख गर्दै सबै महिलाहरुले राज्यका हरेक निकायमा सहभागिका लागि अभ्यास गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू