अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:२४ | Colorodo: 09:39

हामीमाथि चौतर्फी प्रहार र भाला हान्ने काम भयो- राष्ट्रिय स्वतन्त्र पार्टी

बिआरटीनेपाल २०८१ मंसिर ११ गते ७:४० मा प्रकाशित

पार्टी सभापति रवि लामिछानेले सहकारीको व्याज तिरेको भौचरसहित प्रमाण भेटिएको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जवाफ दिएको छ । पार्टी कार्यवाहक प्रवक्ता मनिष झाले मंगलबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै आफूहरूमाथि चौतर्फी प्रहार र भाला हान्ने काम भएको बताउनुभएको छ। ‘ब्याजै तिरेको भएपनि यसको सर्पोटमा डकुमेन्ट आएको छैन माइन्युटहरू बाहिर आएको छैन । अहिले यसमा डिबेट गरेर अतिरन्जित गरेर काम छैन‚’ उहाँले भन्नुभयो ।

झाले लिलाबल्वभ अधिकारीलाई छोड्ने घटनाले रास्वपामाथि प्रतिशोध साधिएको थप स्पष्ट पारेको पनि दाबी गर्नुभयो । पत्रकार सम्मेलनको क्रममा रास्वपा नेता गणेश पराजुलीले कुन कानुन टेकेर अतिरञ्जित गर्ने अधिकार दिइएको भन्दै प्रतिप्रश्न पनि गर्नुभयो । ‘सम्मानित अदालतमा लगेर कारबाही गरे भोग्न तयार भएको सभापतिले भन्नुभएको छ । यी विषयमा भ्रममा पर्न जरुरी छैन‚’ उहाँले भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू