अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:१० | Colorodo: 19:25

केपी ओली र शंकर पोखरेललाई गाली गरेको भन्दै प्रदेश सांसदलाई एमालेबाट हटाइयो

बिआरटीनेपाल २०८१ मंसिर ११ गते ७:३२ मा प्रकाशित

नेकपा ९एमाले०ले पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेललाई गालीगलौज गरेको भन्दै प्रदेश सांसद दुर्गा चौधरीलाई पार्टीबाट हटाएको छ । मंगलबार एमाले बाँके जिल्ला अध्यक्ष निरक गुरुङले प्रदेश सांसद चौधरीलाई पार्टीबाट हटाएको पत्र पठाउनुभएको छ । पत्रमा स्पष्टीकरण सोध्दा पार्टीविरुद्ध जवाफ दिएको भन्दै निलम्बन गरिएको उल्लेख छ ।

“स्पष्टीकरणको जवाफ दिने सन्दर्भमा आफ्ना कमी कमजोरीप्रति महसुस गर्नुको साटो उल्टै पार्टी नेता, कार्यकर्ता र समग्र पार्टीका विरुद्धमा लिखित जवाफ दिनुभएको हुँदा तपाईंलाई पार्टी विधानको धारा ८१ (७) को अनुशासनको कारबाहीको व्यवस्थाअनुरूप पार्टी सदस्यताबाट निलम्बन गरिएको जानकारी गराउँदछु,” उहाँले प्रदेश कमिटी र पार्टी केन्द्रीय कार्यालयलाई बोधार्थ दिएर पठाएको पत्रमा उल्लेख छ । चौधरी बाँके क्षेत्र नम्बर १ (ख)बाट मा लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित सांसद हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू