अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:१३ | Colorodo: 15:28

इजिप्टको लाल सागरमा डुंगा डुब्दा १६ बेपत्ता

बिआरटीनेपाल २०८१ मंसिर ११ गते ७:२२ मा प्रकाशित

इजिप्टको लालसागरमा पर्यटक बोकेको डुंगा डुब्दा १६ जना बेपत्ता भएका छन् । डुंगामा सवार २८ जनाको भने उद्धार गरिएको छ । बेपत्तामध्ये दुई जना बेलायती, ३ जना फिनल्याण्डका र चार इजिप्टियन नागरिकसहित अन्य रहेका छन् । १३ जना चालकदलका सदस्यसहित ४४ यात्रु सवार उक्त डुंगा पानीको छालभित्र परेर पल्टेको हो । खराब मौसमका कारण सामुद्रिक गतिविधिहरू नगर्न मौसमबिदशरुले चेतावनी जारी गरेकै बेला उक्त दुर्घटना भएको हो ।

दुर्घटनामा हराइरहेकाहरुको खोजी कार्यका लागि सबै संयन्त्र परिचालन गरिएको छ । रेड सी गभर्नर मेजर जनरल अमर हनाफीका अनुसार उद्धार गरिएकाहरु सो क्षेत्रको एल–गेमलमा फेला परेका हुन् । हावाको गति तेज भएका कारण समुद्री छाल बढेर दुर्घटना भएको प्रारम्भिक अनुमान छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू