अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:०२
| Colorodo: 09:17
प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अझै पनि मुलुकमा झुटको खेती गर्नेहरुको कमी नभएको टिप्पणी गर्नुभएको छ ।२०७२ सालयता एमाले नेतृत्वको सरकारले तिब्र गतिका साथ सुशासन र समृद्धिको बाटोमा मुलुकलाई अघि बढाएको लाजसराम नभएका बेइमान र झुटका खेती गर्नेहरुले भ्रम छर्ने गरेको प्रधानमन्त्री ओलीको जिकिर थियो ।
मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले २०७२ सालयता मुलुकमा आमुल परिवर्तनको काम शुरु भएपनि त्यो पर्याप्त नभएको पनि बताउनुभयो । उहाँले मुलुकमा कृषि क्षेत्रको आमुल परिवर्तन गर्नका लागि सरकारले ठोस कार्यक्रमका साथ अघि बढ्ने पनि बताउनुभयो ।
प्रधानमन्त्री ओलीले २०५१ सालबाट एमालेले राष्ट्र निर्माणको अभियान सञ्चालन गरेको र अहिले समृद्धिको अभियानलाई तिब्रता दिएको समेत बताउनुभयो ।