अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:११ | Colorodo: 23:26

नेत्रहीन टी–२० विश्वकप क्रिकेटमा नेपालले दक्षिण अफ्रिकालाई ११ रनले हरायो

बिआरटीनेपाल २०८१ मंसिर ११ गते ७:१५ मा प्रकाशित

नेत्रहीन टी–२० विश्वकप क्रिकेटमा नेपालले चाैथाे खेलमा दक्षिण अफ्रिकालाई ११ रनले हराएको छ । प्रतियाेगितामा याे नेपालकाे दाेस्राे जीत हाे ।नेपालले दिएको १ सय ९९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २० ओभरमा २ विकेट गुमाएर १ सय ८७ रनमात्र बनाउन सक्यो । दक्षिण अफ्रिकाका बुल्हे भिड्लाले नटआउट १ सय रन बनाए । दक्षिण अफ्रिकाका दुई जना खेलाडी रनआउट भए ।

यसअघि पाकिस्तानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ४ विकेट गुमाएर १ सय ९८ रन बनायो । नेपालका नरेश चौधरीले ८०, सागर लामाले ४०, पदम बडैलाले ३४ रन बनाए । दक्षिण अफ्रिकाका बुल्हे भिड्लाले १ विकेट लिए । यसअघि नेपाल पहिलो खेलमा श्रीलङ्कासँग र दोस्रो खेलमा बङ्गलादेशसँग पराजित भएको थियो । नेपालले तेस्रो खेलमा भने अफगानिस्तानलाई हराएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू