अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:२५
| Colorodo: 19:40
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले चिनियाँ परियोजना ‘बेल्ट एन्ड रोड इनिसिएटभ’ (बीआरआई) अन्तर्गत सरकारले ऋण नलिने बताउनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको आउँदो हप्ता हुने चीन भ्रमणका क्रममा सरकारले ऋण नलिने तर अनुदान सम्झौता गर्नसक्ने मन्त्री गुरुङले बताउनुभयो ।
आज काभ्रेको धुलिखेलमा भएको कार्यक्रममा उहाँले बीआरआई लागू गर्ने वा नगर्नेबारे दुई कोणबाट विचार आइरहेको तर सरकार सम्झौता गरिहाल्नुपर्छ भन्नेमा नरहेको बताउनुभयो । ‘एमओयू’ गरेकाले कार्यान्वयन गर्नुपर्ने मन्त्री गुरुङको भनाइ छ । उहाँले सरकारको नीति जहाँबाट पायो त्यहाँबाट ऋण लिने नभएको दोहोर्याउनुभयो । चीनले अनुदान दिएमा त्यो स्वीकार गर्ने र त्यसमा सम्झौता हुनसक्ने मन्त्री गुरुङले बताउनुभयाे ।