अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:२९ | Colorodo: 09:44

सामाजिक सुरक्षा कोषले श्रमिकका श्रीमान-श्रीमती र छोराछोरीको उपचार खर्च पनि व्यहोर्ने

बिआरटीनेपाल २०८१ मंसिर ११ गते ७:०८ मा प्रकाशित

योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचिकृत भएका वैदेशिक रोजगारमा रहेका श्रमिकका श्रीमान-श्रीमती तथा १८ वर्षमुनिका छोराछोरीहरुले समेत स्वास्थ्य उपचार सुविधा पाउने भएका छन् ।मंगलबार सातौँ सामाजिक सुरक्षा दिवसका अवसरमा आयोजित समारोमा सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले सो कुरा जानकारी गराउनुभएको हो ।

कार्यकारी निर्देशक अधिकारीले पहिले वैदेशिक क्षेत्रका श्रमिकले मात्र औषधि उपचार पाउने गरेकोमा अब उनीहरुका श्रीमान-श्रीमति र १८ वर्ष नकेटाका उनीहरुका छोराछोरीहरुका लागि समेत उपचार सेवा थप गरिएको जानकारी दिनुभयो । उहाँले कोषमा सोमवारसम्म औपचारिक क्षेत्रका १९ हजार सात सय ६७ रोजगारदाता र पाँच लाख ४३ हजार तीन सय ८८ श्रमिक आवद्ध भएको जानकारी गराउँदै आवद्ध हुने श्रमिकको संख्या निरन्तर वृद्धि भइरहेको बताउनुभयो ।

कार्यकारी निर्देशक अधिकारीले कोषले अहिलेसम्म श्रमिक बिरामी भएको, दुर्घटनामा परेको, अशक्त भएको, ज्येष्ठ नागरिक र मृत्यु दाबी बापत कोषले ११ अर्ब ६२ करोड रुपैयाँ कोषका योगदानकर्ता र निजका परिवारलाई भुक्तानी गरिसकेको बताउनुभयो । उहाँले कोष कोषको दायरा बिस्तारका लागि कोषको केन्द्रिय कार्यालयका अतिरिक्त विराटनगर, सिमरा, बुटवल, नेपालगञ्ज, पोखरा र जनकपुरमा कार्यालय स्थापना गरिएको समेत जानकारी दिनुभयो ।

यही आर्थिक वर्षभित्र कर्णाली प्रदशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा समेत कार्यालय स्थापना गर्ने योजना रहेको बताउँदै सात वटै प्रदेशमा कोषको भौतिक उपस्थिति सुनिश्चि गर्ने उहाँको भनाइ छ । कार्यकारी निर्देशक अधिकारीले कोषमा हालसम्म अनलाइन प्रणालीमार्फत सेवा दिने अस्पतालको संख्या ९० रहेको बताउनुभयो । उहाँले कोषका सम्पूर्ण सेवाहरुलाई अनलाइन प्रक्रियामा लैजाने प्रक्रिया अन्तिम चरणमा रहेको पनि बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू