अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४३ | Colorodo: 18:58

सरकार र साझेदारहरुसँग मिलेर मानवीय सहायताको पक्षमा काम गर्न तयार छौं : रेडक्रस

बिआरटीनेपाल २०८१ मंसिर ११ गते ७:०३ मा प्रकाशित

नेपाल रेडक्रस सोसाइटीले सबै तहका सरकार र साझेदारहरुसँग विपद् र मानवीय सहायताको पक्षमा काम गर्न तत्पर रहेको बताएको छ ।मंगलबार काठमाडौंमा आयोजित विपद् व्यवस्थापन सम्बन्धी कार्यक्रममा बोल्दै नेपाल रेडक्रस सोसाइटीका महामन्त्री भूपतिलाल श्रेष्ठले सबै तहका सरकार र साझेदारहरुसँग विपद् र मानवीय सहायताको पक्षमा काम गर्न तत्पर रहेको बताउनुभएको हो ।

उहाँले विपद्को पूर्वतयारीसँगै अब पूर्वानुमानमा आधारित पूर्वतयारीका कामहरु अघि बढाउन जरुरी रहेको बताउनुभयो । उहाँले मानवताको जीवन रक्षाको लागि सहयोग पुग्ने काम रेडक्रसले गरिरहेको जिकिर गर्नुभयो । उहाँले विधि र सिकाईबाट थप प्रभावकारी काम गरेर अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्दै राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले सरकारले एसआरएसपि नीति जारी गर्न लागेको बताउनुभयो । उहाँले एसआरएसपीको राष्ट्रिय मापदण्ड अर्को हप्ता मन्त्रीपरिषद्मा पुग्ने बताउनु भयो । सरकारले एकीकृत तरिकाको आघात उत्तरदायी सामाजिक सुरक्षा (एसआरएसपी) नीति बनाइरहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू