अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:१७ | Colorodo: 09:32

कुवेत पुर्‍याएर ४ लाखमा युवती बेचेको आरोपमा २ जना पक्राउ

बिआरटीनेपाल २०८१ मंसिर ९ गते ७:०७ मा प्रकाशित

कुवेत पुर्‍याएर करिब ४ लाख रुपैयाँ एक युवतीलाई बेचेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा नुवाकोटको तादी गाउँपालिका–५ का ३२ वर्षीय कुसुम कँडेल र सिन्धुपाल्चोकको चौतारा नगरपालिका–६ का ५० वर्षीय सुकलाल भनिने माइला लामा तामाङ छन् । उनीहरूलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको हो ।

उनीहरूले एक युवतीलाई फ्रि भिसा फ्रि टिकटमा मासिक १२० केडी कमाई हुने भन्दै कुवेत पुर्‍याएका थिए । कुवेत पुर्‍याएर ९०० केडी ९३ लाख ९४ हजार ६६२० मा ती युवतीलाई उनीहरूले बेचेको पाइएको ब्यूरोका एसपी भावेश रिमालले बताउनुभयो । ४ साउन २०८० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई पुर्‍याएको र त्यहाँबाट कुवेत पु¥याई बेचबिखन गरेको आरोप उनीहरूमाथि छ । कुवेतको अल्जारा भन्ने ठाउँमा घरेलु कामदारका रुपमा ती युवतीलाई बेचेको पाइएको छ ।

त्यसपछि ती युवतीलाई यौन शोषण समेत भएको र त्यहाँबाट भागेर ती युवती कुवेत प्रहरीको सम्पर्कमा पुगेकी थिइन् । त्यसपछि कुवेत प्रहरीकै सहयोगमा ट्राभल्स डकुमेन्ट बनाएर ९ कात्तिक २०८१ मा उनी नेपाल फर्केकी थिइन् । त्यसपछि उनले ब्यूरोमा जाहेरी दिएकी थिइन् । पक्राउ परेका दुवै जनाविरुद्ध मानव बेचबिखन तथा ओसारपसारको कसुरमा अनुसन्धान अघि बढाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू