अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:५३
| Colorodo: 11:08
नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री पदम राईको निधन भएको छ । पार्किन्सन रोगबाट थलिएका उहाँको उपचारका क्रममा शनिबार राजधानीको वीर अस्पतालमा निधन भएको माओवादी केन्द्रका नेता सुनद किरातीले पुष्टि गर्नुभयो । भोजपुर षडानन्द नगरपालिका बोयाका ५७ वर्षीय राई हाल केन्द्रीय सदस्य हुनुहुन्थ्यो ।
राई तत्कालीन एकीकृत नेकपा माओवादी विभाजनपछि मोहन वैद्यतिर लाग्नुभएको थियो । वैद्यको पार्टी फुटेपछि उहाँले नेत्रविक्रम चन्द ‘विप्लव’ साथ दिनुभएको थियो । तर पछि उहाँ माओवादीमा फर्किनुभएको थियो ।