अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:३२ | Colorodo: 20:47

मापसे गरेर गाडी चलाउँदा अमेरिकामा दुई नेपालीको मृत्यु, दुई जना घाइते

बिआरटीनेपाल २०८१ मंसिर ८ गते ७:२१ मा प्रकाशित

अमेरिकी सडकमा रक्सी खाएर फोर्ड मुस्ताङ गाडी चलाउने क्रममा दुर्घटना भएर दुई नेपालीको ज्यान गएको छ । समाचारअनुसार मृत्यु हुनेमा रुकुम आठबीसकोटका एक र अर्का बर्दियाका हुन् । सवारी चालक पक्राउ परेको र ४ जना पुरुष यात्रारत गाडी दुर्घटनामा परेको अमेरिकी च्यानल फक्सले उल्लेख गरेको छ । चालकलाई हत्या अभियोग लाग्ने बताइएको छ ।

अमेरिकाको संघीय राजधानी वासिङ्टन डीसीबाट करिब २५ मिनेट दुरीमा रहेको डलर्स इन्टरनेसनल एयरपोर्टबाट करिब १० मिनेटको दूरीमा रहेको लाउडन काउन्टिङको साउथ राइडिङ भन्ने ठाउँमा दुर्घटना भएको हो । मृतकहरू दुर्घटनास्थलबाट नजिकै रहेको ‘आगो नेपाली रेस्टुरेन्ट’मा काम गर्ने कर्मचारी रहेको बताइएको छ ।

घटना अमेरिकी समयअनुसार गएराति साढे १२ बजे भएको हो । गाडीले दुइटा रुखलाई ठक्कर दिएर पछि बाटोको जानकारी दिने होडिङ बोर्डमा ठोकिएको थियो । गाडीमा सवार अर्का व्यक्ति र गाडी चालक घाइते भएका छन् । एक जनाको सघन कक्षमा उपचार भइरहेको अमेरिकी अधिकारीले मिडियालाई जानकारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू