अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:१४
| Colorodo: 11:29
लेबनानको राजधानी बेरुतको एक आवासीय भवनमा इजरायलले ठूलो आक्रमण गरेको छ । इजरायली आक्रमणमा चार जनाको ज्यान गएको र २० जनाभन्दा धेरै घाइते भएका लेबनानको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।लेबनानको राष्ट्रिय समाचार एजेन्सीका अनुसार राजधानीको सघन जनसङ्ख्या भएको बास्ता जिल्लामा पाँच वटा क्षेप्यास्त्र प्रहारबाट आठ तले भवन पूर्णरूपमा ध्वस्त भएको छ ।
पछिल्ला महिनाहरूमा इजरायली आक्रमणमा बेरुतमा हिजबुल्लाह समूहका नेता हसन नसरल्लाहसहित शीर्ष सदस्यहरूको ज्यान गएको छ । इजरायली रक्षा बल (आईडीएफ) ले गएको सेप्टेम्बरमा हिजबुल्लाहविरुद्ध ठूलो आक्रमण शुरू गरेको थियो । लेबनानमा युद्धका कारण तीन हजार पाँच सय जनाभन्दा धेरैको ज्यान गइसकेको छ र एक लाख जनाभन्दा धेरै आफ्नो घर छोड्न बाध्य भएका लेबनानी अधिकारीहरूले बताएका छन् ।