अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:२१ | Colorodo: 12:36

कांग्रेस एमालेको गठबन्धन ८४ सम्मै जाने प्रधानमन्त्री ओलीको दाबी

बिआरटीनेपाल २०८१ मंसिर ७ गते ६:०८ मा प्रकाशित

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले काग्रेससँगको सत्ता समिकरण आउँदो निर्वाचनसम्म कायमै रहने दाबी गर्नुभएको छ । दुई दल सम्मेलित आफू नेतृत्वको सरकार ढल्छ भनेर पटक पटक भाखा राखे पनि गठबन्धनले २०८४ सालको चुनावसम्म निरन्तरता पाउने उहाँले जिकिर गर्नुभयो । शुक्रबार काठमाडौँमा पार्टीले आयोजना गरेको सभामा ओलीले अबको १८ महिनापछि आफूले सरकारको नेतृत्व शेरबहादुर देउवालाई हस्तान्तरण गर्ने दोहोर्याउनुभयो।

ओलीले भन्नुभयो, ‘सरकार बन्दै बन्दैन भन्थे, बन्यो । विश्वासको मत पाउँदै पाउँदैन, त्यो पनि पायो । यो महिना कट्दैन, त्यो पनि कटयो । दशैं देख्दैन, देख्ने मात्रै होइन, मनायो । तिहार देख्दैन, त्यो पनि देख्यो । कार्तिक कटदैन, त्यो पनि कटयो । मंसिर देख्दैन, त्यो पनि देख्यो । अब भाका राख्दैछन् फेबु्रअरीको । फेब्रुअरी भनेको त्यो माग, फागुनको कुरा हो । फागुनको कुरा होइन, म भन्न चाहन्छु–२०८४ साल मंसिरको चुनावसम्म अहिलेको समिकरण कायम रहन्छ । सबैले बुझे हुन्छ–कान खोलेर सुने हुन्छ । मेरो अवधि म अब २०८३ साल असारसम्म प्रधानमन्त्री रहन्छु । त्यसपछि म प्रधानमन्त्री छोडेर शेरबहादुर देउवाजीलाई जिम्मा लगाउछु।’

आलीले सरकार पूरा कार्यकाल रहँदैन भन्नेहरुले फैलाएको भ्रम चिर्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभयो। उहाँले भन्नुभयो, ‘कुनै भ्रम नराखे हुन्छ । त्यसकारण म साथीहरुलाई भन्न चाहन्छु–यस्ता भ्रममा नपर्नुस, यस्ता भ्रममा आम जनतालाई पर्न नदिनुस् । यस्ता भ्रमहरुको खण्डन गर्नुस् । ढुक्कले अगाडि बढ्नुस्।’ प्रधानमन्त्री ओलीले मुलुकमा अराजकता मच्याएर समाजलाई भाँड्ने प्रयासलाई सरकारले असफल बनाउने दाबी गर्नुभयो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू