अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२८ | Colorodo: 16:43

विद्युतीय राहदानी प्रणालीमा समस्या आएपछि राहदानी वितरणको प्रक्रिया ठप्प

बिआरटीनेपाल २०८१ मंसिर ७ गते ५:५९ मा प्रकाशित

राहदानी विभागको विद्युतीय राहदानी प्रणालीमा समस्या आएपछि राहदानी वितरणको प्रक्रिया ठप्प भएको छ । हिजोदेखि नै राहदानी वितरणको सबै काम ठप्प भएको हो । विभागले सूचना निकालेर राहदानीको तथ्याङ्क व्यवस्थापनमा समस्या आएका कारण राहदानी विभाग, जिल्ला तथा इलाका प्रशासन कार्यालय र विदेशमा रहेका नेपाली नियोग सबैतिर राहदानीसम्बन्धी काम ठप्प भएको जनाएको छ ।

समस्या समाधानको लागि प्राबिधिकले प्रयास गरिरहेका पनि सूचनामा उल्लेख छ । समस्यापछि तत्कालै राहदानी बनाउनुपर्ने मर्कामा परेका छन् । विभागले आइतवारदेखि कम्तीमा विभागको मुख्यालयबाट सेवा शुरु गर्नेगरी प्रयास भइरहेको जनाएको छ । तर समस्या जटिल रहेकोले केही दिन पनि लाग्न सक्ने परीक्षणमा सहभागी प्राविधिकले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू