अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१३ | Colorodo: 17:28

बैंक तथा वित्तीय संस्थाहरुले कृषि क्षेत्रमा केन्द्रित भएर काम गर्नुपर्दछ : उपप्रधानमन्त्री सिंह

बिआरटीनेपाल २०८१ मंसिर ७ गते ५:३३ मा प्रकाशित

उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले बैंक तथा वित्तीय संस्थाहरुलाई कृषि क्षेत्रको हितमा केन्द्रित भएर काम गर्न आग्रह गर्नुभएको छ ।नेपाल वित्तीय संस्था कर्मचारी संघले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री सिंहले सो कुरा बताउनुभएको हो ।

उपप्रधानमन्त्री सिंहले कृषकहरु आर्थिक रुपमा अफ्ठेरो अवस्थामा रहेको उल्लेख गर्दै उनीहरुलाई सहज हुने खालको नीति तथा योजना अघि बढाउन कृषि विकास बैंक लगायतका संस्थाहरुलाई सचेत गराउनुभयो । नेपाल कृषि प्रदान देश भनेर चिनिएको स्मरण गराउँदै उहाँले कृषकको आर्थिक अवस्था कमजोर भएकाले उनीहरुको हितमा केन्द्रित भएर सम्बन्धित निकायहरुले काम गर्नुपर्ने पनि स्पष्ट पार्नुभयो ।

उपप्रधानमन्त्री सिंहले बैंक तथा वित्तीय संस्थाले संस्थाको उन्नति र प्रगतिका निम्ति पनि त्यहाँ कार्यरत कर्मचारीहरुको सेवा, सुविधा समयसापेक्ष बनाउन आवश्यक रहेको पनि बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू