अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:२८ | Colorodo: 12:43

सरकार कफी खेतीको प्रवर्द्धनका लागि प्रतिवद्ध छ : मन्त्री अधिकारी

बिआरटीनेपाल २०८१ मंसिर ७ गते ५:३३ मा प्रकाशित

कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले कफी खेतीलाई मुलुकको प्रमुख आम्दानीको स्रोतको रुपमा विकास गर्नुपर्ने बताउनुभएको छ ।शुक्रबार २० औं राष्ट्रिय कफी दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री अधिकारीले निजी क्षेत्रका लगानीकर्ताहरुलाई कफी खेतीतर्फ आकर्षित गर्न सरोकारवालाहरुसँग आग्रह गर्नुभएको हो ।मन्त्री अधिकारीले कफी खेती गर्ने कृषकलाई उत्साहका साथ खेतीमा लाग्न आग्रह गर्दै सरकार कफी खेतिको प्रवद्र्धनका लागि प्रतिवद्ध बताउनुभयो । उहाँले मध्यपहाडमा रहेको बाँझो जमिनमा कफी खेती बढाउनसके देशको अर्थतन्त्र उकास्नका लागि महत्वपूर्ण सहयोग मिल्ने बताउनुभयो ।

मन्त्री अधिकारीले जलवायु परिवर्तनको असरका बाबजुद नेपाली कफीले पाएको अन्तर्राष्ट्रिय बजारबाट सन्तुष्ट हुनुपर्ने बताउनुभयो । आर्थिक स्रोतको अभावमा देशको विकास नभइरहेको भन्दै कफी खेती देशको अर्थतन्त्रको मुख्य स्रोत बन्नसक्ने उहाँको विश्वास थियो । आउँदो आर्थिक वर्षको बजेटको समय नजिकिरहेको उल्लेख गर्दै मन्त्री अधिकारीले व्यवसायीहरुको सुझावको आधारमा कफी खेतीको योजनालाई बजेटमा समावेश गर्ने आश्वासन दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू