अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१८ | Colorodo: 17:33

राष्ट्रपति पौडेलद्वारा भारतीय सेना प्रमुख द्विवेदीलाई दर्ज्यानी चिन्ह

बिआरटीनेपाल २०८१ मंसिर ६ गते ४:५१ मा प्रकाशित

राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय सेना प्रमुख उपेन्द्र द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ ।बिहीबार राष्ट्रपति निवास शीतलनिवासमा आयोजित समारोहकाबीच सेनापति द्विवेदीलाई नेपाली सेनाका परमाधिपति समेत रहनुभएका राष्ट्रपति पौडेलले दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको हो ।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, रक्षामन्त्री मानवीर राईलगायत विशिष्ट व्यक्तित्वहहरुको उपस्थिति रहेको थियो । नेपाल–भारतबीचको सैनिक सम्बन्धको निरन्तरता स्वरुप दुवै देशले दुवै देशका प्रधानसेनापतिलाई मानार्थ सेनापतिको दर्जा प्रदान गर्ने परम्परा रहेको छ । भारतीय स्थल सेनाका सेनाध्यक्ष द्विवेदी बुधबार नेपाल आउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू