अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:१२
| Colorodo: 07:27
अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिसेस हेरिटेज इन्टरेनसनल’को शीर्ष उपाधि नेपालले जितेको छ । थाइल्यान्डको बैंककमा आयोजित ‘हेरिटेज प्याजेन्ट’मा नेपालकी विभा बस्नेतले ‘मिसेस हेरिटेज इन्टरेनसनल’को ताज जित्नुभएको हो । मिसतर्फको शीर्ष उपाधि भने पेरुकी फेयरस ओर रुम्बो एलले हात पारिन् । दुवै शीर्ष विजेताले पर्सनालिटी विधाको अवार्डसमेत हात पार्न सफल भएको प्रेस नोटमा उल्लेख छ ।
‘हेरिटेज प्याजेन्ट–२०२४’मा नेपालसहित भारत, थाइल्यान्ड, बेलायत, नाइजेरिया, भियतनाम, फिलिपिन्स, पेरु, सिंगापुर, म्यानमार, न्युजिल्यान्ड, मेक्सिको, इन्डोनेसिया, लाट्भिया, सर्विया, केन्या तथा मलेसियाका प्रतिनिधिहरूको सहभागिता थियो ।