अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:१३ | Colorodo: 10:28

रविसहित १० जनाविरुद्ध चितवन प्रहरीमा पनि जाहेरी, अनुसन्धान सुरु भएको प्रहरीको भनाइ

बिआरटीनेपाल २०८१ मंसिर ५ गते ५:४० मा प्रकाशित

राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रवि लामिछानेलगायत पाँच वटा कम्पनीका १० जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा पनि जाहेरी परेको छ ।

चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले जाहेरी लिएर अनुसन्धान सुरु भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘रवि लामिछाने, छविलाल जोशीलगायत पाँच वटा कम्पनीका १० जनाविरुद्ध जाहेरी परेको छ। हामीले अनुसन्धान सुरु गरिसकेका छौं।’

सहारा चितवन बहुउद्धेश्यीय सहकारी संस्थाका बचतर्कताले उनीहरूविरुद्ध जाहेरी दिएका प्रहरीले जनाएको छ। पोखरा, रुपन्देही तथा काठमाडौँमा सहकारी बचत अपचलन मुद्दामा उनीहरूमाथि अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू