अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३५ | Colorodo: 06:50

भारतीय स्थल सेनाध्यक्ष नेपालमा

बिआरटीनेपाल २०८१ मंसिर ५ गते ५:३१ मा प्रकाशित

भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी पाँच दिने औपचारिक भ्रमणमा नेपाल आइपुग्नुभएको छ । प्रधानसेनापति महारथी अशोकराज सिग्देलको निमन्त्रणामा भारतीय स्थल सेनाध्यक्ष द्विवेदी नेपाल आउनुभएको हो ।भ्रमणका क्रममा जनरल द्विवेदीले सैनिक मञ्च टुँडिखेलमा रहेको वीर स्मारकमा श्रद्धाञ्जली अर्पण, जङ्गी अड्डामा सम्मान गारत निरीक्षण, प्रधानसेनापति सिग्देलसँग भेटघाट गर्नु हुने छ । यस्तै उहाँले कमाण्ड तथा स्टाफ कलेजका शिक्षार्थीहरूसँग अन्तरक्रिया र पश्चिम पृतना मुख्यालयको भ्रमण गर्ने कार्यक्रम रहेको सेनाले जनाएको छ ।

भ्रमणको मुख्य अंशका रूपमा नेपाली सेना र भारतीय सेनाबीचको परम्परा अनुसार भारतीय सेनाध्यक्ष जनरल द्विवेदीलाई राष्ट्रपति रामचन्द्र पौडेलले मङ्सिर ६ गते विशेष समारोहका बीच नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ । साथै भारतीय स्थल सेनाध्यक्षले भ्रमणका क्रममा प्रधानमन्त्री, रक्षामन्त्रीसँग भेटघाट गर्नु हुने छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू