अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:१२ | Colorodo: 06:27

विषय विज्ञलाई सम्बन्धित मन्त्रालयको जिम्मेवारी दिनुपर्छ : सञ्चारमन्त्री गुरुङ

बिआरटीनेपाल २०८१ मंसिर ५ गते ५:१८ मा प्रकाशित

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले लोकरिझ्याँइको राजनीति गलत भएको बताउनुभएको छ । बुधवार काठमाडौंमा विशिष्ट चलचित्रकर्मी परिचय पत्र वितरण समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

सञ्चारमन्त्री गुरुङले नेपाली समाज नै ढोंगी बनिरहेको उल्लेख गर्दै के बोल्दा तत्काल ताली बज्छ त्यही मात्रै बोल्ने क्रमको विकास भएको बताउनुभयो । नेपालमा मन्त्री हुनलाई कुनै योग्यता नै नचाहिने भन्दै निर्वाचन जितेर नेताको नजरमा परेपछि मन्त्री बन्ने परम्परा बसेको प्रति असन्तुटि जनाउनुभयो ।

सही पात्र नपाउँदा देश विकास हुन नसकेको भन्दै मन्त्री गुरुङले विषय विज्ञहरुलाई सम्बन्धित मन्त्रालयको जिम्मेवारी दिनुपर्ने बताउनुभयो । उहाँले यो वर्षभित्र नयाँ चलचित्र ऐन ल्याइसक्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू