अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३४ | Colorodo: 06:49

अमेरिकामा अध्ययन गर्ने नेपाली विद्यार्थीको सङ्ख्या अहिलेसम्मकै धेरै

बिआरटीनेपाल २०८१ मंसिर ४ गते ६:१७ मा प्रकाशित

अमेरिकामा अध्ययन गर्ने नेपाली विद्यार्थीहरूको सङ्ख्या अहिलेसम्मकै धेरै पुगेको छ ।गएको वर्षको तुलनामा १० दशमलव ९५ प्रतिशतले वृद्धि भई अहिले १६ हजार सात सय ४२ जना नेपाली विद्यार्थी अमेरिकी विश्वविद्यालयमा अध्ययन गरिरहेका काठमाण्डौमा रहेको अमेरिकी दूतावासले जनाएको छ । गएको वर्ष १५ हजार ९० जना विद्यार्थी अमेरिकामा अध्ययनरत थिए । नेपाली विद्यार्थीहरू अहिले अमेरिकी विश्वविद्यालयमा अध्ययन गर्ने अन्तर्राष्ट्रिय विद्यार्थीहरूको १०औं ठूलो समूह बनेका ‘ओपन डोर्स रिपोर्ट’ २०२४ लाई उद्धृत गर्दै दूतावासले जनाएको छ ।

शैक्षिक वर्ष २०२३/२४ का लागि अमेरिकामा संसारभरबाट ११ लाख जनाभन्दा धेरै विद्यार्थी पुगेका छन् । शैक्षिक वर्ष २०२३/२०२४ का लागि सबैभन्दा धेरै अन्तर्राष्ट्रिय विद्यार्थीमा भारतका छन् । ‘ओपन डोर्स रिपोर्ट’ २०२४ अनुसार अमेरिकामा भारतका तीन लाख ३१ हजार जनाभन्दा धेरै विद्यार्थी अध्ययनरत छन् । यस्तै दोस्रो स्थानमा रहेको चीनका दुई लाख ७७ हजार र तेस्रो स्थानमा रहेको दक्षिण कोरियाका ४३ हजार जनाभन्दा धेरै विद्यार्थी अध्ययनरत छन् ।योसँगै शैक्षिक वर्ष २०२३/२४ का लागि अमेरिका अन्तर्राष्ट्रिय शिक्षाका लागि शीर्ष गन्तव्य बनेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू