अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:१८ | Colorodo: 07:33

चिच्याएर वर माग्ने पाल्पाको सत्यवती मेलामा झन्डै ३३ लाख रुपैयाँ आम्दानी

बिआरटीनेपाल २०८१ मंसिर ४ गते ४:५३ मा प्रकाशित

चिच्याएर वर माग्ने पाल्पाको सत्यवती मेलामा झन्डै ३३ लाख रुपैयाँ आम्दानी भएको छ । तिनाउ गाउँपालिका–४ सत्यवतीमा गएको कात्तिक २७ गतेदेखि ३० गतेसम्म लागेको मेलामा भक्तजनले मन्दिरमा चढाएको भेटी गणना गर्दा ३२ लाख ८१ हजार आठ सय ७० रुपैयाँ सङ्कलन भएको हो । सत्यवती मन्दिर तथा ताल व्यवस्थापन समितिका अनुसार तिनाउ गाउँपालिकाका प्रतिनिधि, कर्मचारी, स्थानीय र मन्दिर व्यवस्थापन समितिका पदाधिकारीको रोहबरमा भेटी गणना गरिएको हो । समितिका अध्यक्ष दानबहादुर गाहाले मन्दिरमा भक्तजनले नगदसहित धातुबाट बनेका गहनासमेत चढाएका छन् ।

गएको वर्ष १८ लाख ५० हजार रुपैयाँ भेटी सङ्कलन भएको थियो । यो वर्ष भक्तजनको सङ्ख्या बढेकाले भेटी बढेको समितिका अध्यक्ष गाहाले जानकारी दिनुभयो । चार दिनसम्म चलेको चिच्याएर वर माग्ने मेलामा तीन लाख बढी भक्तजन सहभागी भएको समितिको अनुमान छ । सत्यवतीमा हरेक वर्ष तिहारपछिको पूर्णिमामा चिच्याएर वर माग्ने मेला लाग्दै आएको छ । सत्यवती बज्यै सुस्त श्रवणकी भएकाले त्यहाँ पुग्ने भक्तजनले चिच्याएर वर मागे मनोकामना पूरा हुने विश्वास गरिन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू