अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४९ | Colorodo: 02:04

इजरायली सेनाको आक्रमणमा हिजबुल्लाहका प्रवक्ताको ज्यान गयो

बिआरटीनेपाल २०८१ मंसिर ३ गते ४:२५ मा प्रकाशित

इजरायली रक्षा बल (आईडीएफ) को आक्रमणमा लेबनानी सशस्त्र सङ्गठन (हिजबुल्लाह) का प्रवक्ता मोहम्मद अफिफको ज्यान गएको छ । लेबनानको राजधानी बेरुतमा रहेको रास अल–नबामा भएको आक्रमणमा अफिफको ज्यान गएको बीबीसीले जनाएको छ ।अफिफ हिजबुल्लाहका उच्च सञ्चारसम्बन्ध अधिकारी र बेरुतका धेरै पत्रकारहरूका लागि सङ्गठनको सम्पर्क व्यक्ति थिए । उनी गएको सेप्टेम्बर २७ मा मारिएका हेजबुल्लाहका पूर्वमहासचिव हसन नसरल्लाहको सञ्चार सल्लाहकारसमेत रहेका बीबीसीको खबरमा उल्लेख छ ।

यस अघि हमासका नेता लक्षित आक्रमण गरिरहेको आईडीएफले केही समयदेखि हिजबुल्लाहका शीर्ष तहका नेताहरू लक्षित आक्रमणलाई बढाएको छ । प्यालेस्टाइनी समूह हमासले इजरायलमा आक्रमण गरेयता नै इजरायलले हिजबुल्लाहविरुद्ध पनि आक्रमण गरिरहेको छ । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली सेनाको आक्रमणमा लेबनानमा कम्तीमा ३ हजार जनाको ज्यान गइसकेको छ । १४ हजारभन्दा बढी घाइते भइसकेका छन् भने १३ लाख मानिस विस्थापित भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू