अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:१२ | Colorodo: 11:27

मर्मतका कारण ८३ दिन थन्किएको नेपाल एअरलाइन्सकाे ‘मकालु’ जहाज अब नियमित उडानमा

बिआरटीनेपाल २०८१ मंसिर ३ गते ४:०९ मा प्रकाशित

नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) को ए–३३० वाइडबडी (मकालु) जहाज आजदेखि पुनः नियमित उडानमा जाने भएको छ । जहाजको नियमित सी–चेकको मर्मतपछि नियमित उडान गर्न लागिएको निगमका प्रवक्ता रमेश पौडेलले बताउनुभयो ।

जहाज मर्मतका लागि तीन महिनाअघि इटाली लगिएको थियो । अन्तर्राष्ट्रिय विधिसम्मत प्रक्रिया पूरा गरी सी–चेकको मर्मतपछि जहाज आज बिहान ८ बजेर ५२ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियाे । यो जहाजले आज बेलुकादेखि उडान शुरू गर्नेछ ।

योसहित निगमका चार वटै जहाजले अन्तर्राष्ट्रिय क्षेत्रमा नियमित उडान गरेसँगै यात्रुलाई थप सेवा पुग्ने विश्वास गरिएको प्रवक्ता पौडेलले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू