अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:४५
| Colorodo: 12:00
पृथ्वी राजमार्गको तनहुँ खण्डमा बस दुर्घटना भएको छ। बन्दीपुर गाउँपालिका–५ नयाँपुल गोरेचौतारा घुम्तीमा दुई यात्रुवहाक बस ठोक्किएर दुर्घटना भएको हो । काठमाडौंबाट पोखरा आउदै गरेको गण्डकी जिएए ००७० नम्बरको बस र पोखराबाट नेपालगञ्ज जाँदै गरेको भे १ ख ३४८७ नम्बरको बस एक आपसमा ठोक्क्दिा एक जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका जिल्ला प्रहरी कार्यालय तनहुँका सुचना अधिकारी डिएसपी अशोक थापाले जानकारी दिनुभयो।
मृत्यु हुनेमा गण्डकी जिएए ००७० नम्बरको बसको चालक तनहुँको ऋषिङपाटन घर भइ पोखराको चाउथे बस्ने ३९ बर्षीय रामबहादुर परीयार रहेका छन् । उनको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। घाइतेको उद्धार गरेर डुम्रेमा रहेको मोती अस्पताल र लक्ष्मी अस्पतालमा उपचार भइरहेको छ ।