अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५० | Colorodo: 03:05

इरानका सर्वोच्च नेता खामेनीले छोरालाई गद्दी सुम्पिएको दाबी

बिआरटीनेपाल २०८१ मंसिर २ गते ७:२७ मा प्रकाशित

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनीले आफ्नो माइलो छोरा मुजतबा खामेनीलाई आफ्नो उत्तराधिकारी घोषणा गरेको दाबी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले गरेका छन्। खामेनी बिमारी भएपछि उनले यो फैसला गरेको दाबी गरिएको छ। यद्यपि, यसको आधिकारिक पुष्टि हुन भने बाँकी रहेको जनाइएको छ। रिपोर्टअनुसार इरानको एक्सपर्ट असेम्बलीले २६ सेप्टेम्बमै नयाँ सर्वोच्च नेताको चुनाव गरेको दाबि गरिएको छ। खामेनी आफैले संसदमा रहेका ६० सदस्यलाई बोलाएर गोपनीय तरिकाले उत्तराधिकारीको निर्णय लिएको बताइएको छ। संसदले सर्वसम्मत रुपमा खामेनीको निर्णयमा समर्थन गरेको दाबी गरिएको छ।

मुजतबा आफ्नो बुबा जस्तै इस्लामिक मामिलामा जानकार रहेका छन्। उनी पहिलो पटक २००९ मा विश्वको नजरमा परेका थिए। उनले इरानमा भएको विरोध प्रदर्शनको हिंसात्मक रुपमा अन्त गरे। जुन प्रदर्शनमा कयौं नागरिक मारिएको दाबि गरिन्छ। उक्त विद्रोहको सुरुवात राष्ट्रपति निर्वाचनमा धाँधली भएको भन्दै सुरु भएको थियो। कट्टरपन्थी नेता महमुद अहमदीनेजादले सुधारवादी नेताका रुपमा चिनएका मीर होसेनलाई पराजित गरेका थिए।

सुधारवादी नेता मीरले चुनावमा ठुलो धाँधली गरिएको आरोप लगाएका थिए। त्यसपछि लाखौं मानिसहरु सडकमा उत्रिएका थिए। यो आन्दोलनलाई ‘इरानी ग्रीन मुभमेन्ट’ को नाम दिएको थियो। जुन आन्दोलन करिब २ वर्ष चलेको थियो। तर इरान सरकारले यो आन्दोलनलाई बल प्रयोग गरेर दबाएको थियो। यो आन्दोलन दबाउने मुख्य योजनाकार खामेनीले उत्तराधिकारी घोषणा गरेका यिनै मुजतबा खामेनी भएको मानिन्छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू