अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को कोलोराडो च्याप्टर अध्यक्षमा किरण अधिकारी निर्विरोध निर्वाचित भएका छन् ।
अनेसास कोलोराडो शाखा निर्वाचन समितिका प्रमुख निर्वाचन आयुक्त डा. भीम प्रकाश कट्टेलले नोभेम्बर १० को साँझ ८:४६ फेसबुक मेसेन्जरबाट दिएको सुचना अनुसार अधिकारी लगायत अन्य पदाधिकारीहरू स्वतः निर्विरोध भएका हुन । यसरी निर्विरोध हुनेहरुमा निर्मला अर्याल-उपाध्यक्ष, शर्मिला शर्मा-कोषाध्यक्ष, देव भट्टराई, सिर्जना अर्याल र रन्जु आचार्य सदस्यमा छन् ।
खाली भएको पद महा-सचिव, सचिव तथा एक सदस्यमा पछि निर्वाचित टिमले मनोनयन गर्ने कुराको जानकारी नव निर्वाचित अध्यक्ष अधिकारीले बिआरटी नेपाललाई बताए ।
निर्वाचन टिममा प्रमुख निर्वाचन आयुक्त डा. भीम प्रकाश कट्टेल लगायत डा. सङ्गीता श्रोत्रिय र सुदेश शर्मा निर्वाचन आयुक्त थिए ।
बिआरटी नेपाल डट कमको तर्फबाट अध्यक्ष अधिकारी लगायत सम्पूर्णलाई बधाई तथा सफल कार्यकालको लागि शुभकामना ।
निर्वाचन आयोगको सुचना जस्ताको त्यस्तै:
अनेसास कोलोराडो शाखा २०२४-२०२६ कार्यसमितिको निर्वाचन सम्बन्धी सूचना यस निर्वाचन समितिलाई दिइएको जिम्मेवारी पूरा गर्न अपनाउनु पर्ने सबै नियमित प्रकृया अन्तर्गत प्रकाशित १०।१६।२०२४, १०।२५।२०२४, तथा १०।२९।२०२४ को सूचनाहरुमा प्रकाशित समयतालिका अनुसार अन्तिम चरणको प्रकृया स्वरुप “दावी बिरोध” गर्ने अन्तिम समय भित्र कसैको कुनै दावी बिरोध नपरेको हुँदा निम्न बमोजिमको निर्वाचनको अन्तिम परिणाम प्रकाशित गरिएको छ ।
१. किरण अधिकारी अध्यक्ष निर्विरोध
२. निर्मला अर्याल उपाध्यक्ष निर्विरोध
३. शर्मिला शर्मा कोषाध्यक्ष निर्विरोध
४. देव भट्टराई सदस्य निर्विरोध
५. सिर्जना अर्याल सदस्य निर्विरोध
६. रन्जु आचार्य सदस्य निर्विरोध
यो निर्वाचन परिणाम पछि २०२४-२०२६ को लागि कार्यसमितिको चयन सम्बन्धी सम्पूर्ण कार्यविधि पूरा भएको छ । निर्वाचन समिति निर्विरोध निर्वाचित सबै जनालाई हार्दिक बधाई ज्ञापन गर्दछ र सफल कार्यकालको लागि शुभकामना व्यक्त गर्न चाहन्छ । साथै सुम्पिएको जिम्मेवारी पूरा गर्न मद्दत पुर्याउने सबै जना प्रति निर्वाचन समिति हार्दिक आभार समेत व्यक्त गर्दछ । अन्तमा निर्वाचन समितिमा सम्मिलित गराई यो अवसर प्रदान गरेकोमा हामी निर्वाचन समितिका सबै जना अनेसास कोलोराडो शाखा कार्य समिति प्रति हार्दिक आभार प्रकट गर्दछौँ ।
डा. भीम प्रकाश कट्टेल – प्रमुख निर्वाचन आयुक्त
डा. सङ्गीता श्रोत्रिय – निर्वाचन आयुक्त
श्री सुदेश शर्मा – निर्वाचन आयुक्त
निर्वाचन समिति अनेसास कोलोराडो शाखा