अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:१५ | Colorodo: 06:30

गौशालाका अतिक्रमित संरचनामा महानगरले चलायो डोजर

बिआरटीनेपाल २०८१ कार्तिक ३० गते ६:०८ मा प्रकाशित

काठमाडौं महानगरपालिकाले गौशाला क्षेत्रको अतिक्रमित संरचनामा डोजर चलाएको छ । चक्रपथ सडक सीमाभित्र अतिक्रमण गरेर बनाइएका संरचना भत्काउन महानगरले डोजर चलाएको हो । चक्रपथ सडक सीमा २५ मिटरभित्र बनाइएका पक्की, कच्ची संरचना हटाउन डोजर चलाइएको नगर प्रहरी उपरीक्षक दिनेश अर्यालले जानकारी दिनुभयो ।

‘अहिले हामी डोजर सहित गौशाला क्षेत्रमा छौं, यो धर्मशाला बाहेक अन्य क्षेत्रमा सडक मिचेर बनाइएका संरचना भत्काउन आएका हौं’ अर्यालले भन्नुभयो, ‘अर्यालका अनुसार पक्की र कच्ची गरी १०–१२ वटा संरचना हटाउनुपर्नेछ ।’ चक्रपथ सडक विभाग मातहत रहे पनि सडक सीमा अतिक्रमण भएकाले स्थानीय सरकारका रूपमा महानगरले अग्रसरता लिएर हटाउन लागेको सडक विभागले जनाएको छ ।

डिभिजन सडक कार्यालय काठमाडौंका प्रमुख नारायणदत्त भण्डारीले सडक सीमा अतिक्रमण गरेर बनाइएका संरचना भत्काउन सडक विभागको सहमति रहेको जनाउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू