अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४७ | Colorodo: 06:02

एक महिनामा देशभरबाट २३६ सडकआश्रित मानवको उद्धार

बिआरटीनेपाल २०८१ कार्तिक ३० गते ६:०५ मा प्रकाशित

मुलुकका विभिन्न ४४ जिल्लाबाट एकमहिनाको अवधिमा २३६ जना सडकआश्रित मानवहरुको उद्धार भएको छ । मानव सेवा आश्रमले गत असोज २८ देखि चलाएको ‘मेची महाकाली राष्ट्रिय उद्धार यात्रा( २०८१’  अभियान अन्तर्गत उनीहरुको उद्धार गरेको जनाएको हो । झापाको मेची पुलबाट गत असोज २८ गते दशैंको टीकाको दिन सुरु भएको अभियान सातै प्रदेशका ४४ जिल्लामा सञ्चालन भएको आश्रमको भनाइ छ। ३३ दिनको अवधिमा १७९ पुरुष, ५७ महिला छन् । तीमध्ये ५ बालिका र ४ बालकको उद्धार भएको आश्रमले शुक्रबार विज्ञप्तिमार्फत् जानकारी गराएको हो ।

कोशी प्रदेशमा ४४, मधेशमा ४०, बागमतीमा ५७, गण्डकीमा ३५, लुम्बिनीमा ४९, कर्णालीमा ३ र सुदूरपश्चिममा ८ जनाको उद्धार भएको छ । मेची महाकाली यात्रामा आनी छोइङ डोल्मा फाउन्डेसनले आर्थिक सहयोग गरेको आश्रमले उल्लेख गरेको छ । उनीहरुलाई आश्रमका १५ वटा सेवाकेन्द्रमा संरक्षण गरि खाना, कपडा, स्वास्थ्य र शिक्षाको व्यवस्था गरिएको छ ।

आश्रमले यसअघि २०७९ / ०८० सालमा पनि सोही प्रकारको अभियान चलाएको थियो । आश्रमले स्वयम् आफ्नो लागि आफै केही गर्न नसक्ने अवस्थामा रहेका, हेरचाह र पालनपोषण गरिदिने समेत कोही नभएका सहयोगापेक्षी (बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, मानसिक तथा शारीरिकरुपमा अति कमजोर र अनाथ मानवहरू) हालसम्म १० हजार ७६४ जनाको उद्धार गरिसकेको छ । ती मध्ये ४ हजार २१६ जनाको परिवारसँग पुनर्मिलन गराएको छ भने ८७७ जनाको सामुदायिक पुनस्र्थापना गरेको छ । मानसिक असन्तुलनको अस्वस्थतामा रहेका १ हजार ९०६ जना भने आश्रमको २५ वटा सेवाकेन्द्रमा आश्रित छन् । उनीहरुको स्वास्थ्य उपचार जारी रहेको आश्रमको विज्ञप्तिमा जनाइएको छ । ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ को औपचारिक समापन भने मंसिर ३ गते गर्ने गर्ने मानव सेवा आश्रमले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू