अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५२ | Colorodo: 06:07

रवि लामिछानेलाई प्रहरीले पुनः पोखरा ल्यायो

बिआरटीनेपाल २०८१ कार्तिक ३० गते ५:५२ मा प्रकाशित

सहकारी ठगी आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रहरीले फेरि पोखरा ल्याएको छ । गएको मङ्गलवार लामिछानेलाई पोखराबाट रुपन्देही लगेकोमा रुपन्देहीमा बयान सकिएपछि फेरि पोखरा ल्याएको प्रहरीले जनाएको छ । रुपन्देहीमा हिजो बेलुका ८ बजे बयान सकिएको थियो । लामिछानेसँग रुपन्देही प्रहरीले तीन दिनमा साढे २३ घन्टा बयान लिइएको छ ।

पोखराको सूर्यदर्शन सहकारीको रकम हिनामिनामा संलग्न रहेको आरोपमा कात्तिक २ गते पक्राउ परेका लामिछाने बुटवलको सुप्रिम सहकारीको रकम हिनामिनामा पनि संलग्न रहेको देखिएपछि प्रहरीले अनुसन्धानका लागि बयान लिन रुपन्देही लगेको थियो । सुप्रिम सहकारीबाट एक करोड ९६ लाख रुपैयाँ लामिछानेकै नाममा र १४ करोड २९ लाख रूपैयाँ उनी प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया नेटवर्कमा विभिन्न व्यक्तिमार्फत पुगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ ।

इलाका प्रहरी कार्यालय बुटवलमार्फत अभियोजन गरिएको मुद्दा सरकारी वकिल कार्यालयले बयानपछि अदालतमा पेश गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू