अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:१९ | Colorodo: 23:34

सुनको मूल्य एकैदिन तोलामा २२ सयले घट्यो

बिआरटीनेपाल २०८१ कार्तिक २९ गते ५:४४ मा प्रकाशित

नेपाली बजारमा सुनको मूल्य मंगलबार तोलामा दुई हजार २०० रुपैयाँले घटेर कारोबार भएको छ । यस दिन छापावाल सुन प्रतितोला एक लाख ६० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख ६२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ९०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला एक हजार ९४० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू