अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५५
| Colorodo: 08:10
सर्वोच्च अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरु विरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको छ ।अधिवक्ता अनुपम भट्टराईले रास्वपा सभापति रवि लामिछानेमाथि अनुसन्धान चलिरहँदा अदालतका गतिविधि विरुद्ध आन्दोलन गरेको भन्दै सर्वोच्चमा रिट दर्ता गराएका हुन् ।
उक्त रिट निवेदनमाथि मङ्सिर ३ गते प्रारम्भिक सुनुवाई हुने भएको छ । अनुसन्धानको चरणमा रहेको विषयमा अदालतलाई दबाब दिने खालका अभिव्यक्ति दिने, आन्दोलन गर्ने र जनमासलाई उचाल्दै न्याय प्रक्रियामा अवरोध गर्न खोजेको दाबी रिट निवेदन गरिएको ।
मुद्दामा रास्वपा सांसदहरू स्वर्णिम वाग्ले, मनिष झा, सुमना श्रेष्ठ, विराजभक्त मर्हजन, तोषिमा कार्की, सोबिता गौतमलगायतलाई विपक्षी बनाइएको छ ।