स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले निर्मला पन्तको हत्याका अपराधीलाई अझै पत्ता लगाउन नसकेकोप्रति दुःख व्यक्त गर्नुभएको छ ।बिहीबार काठमाडौंमा एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसिएमसि)को प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री पौडेलले सरकारले निर्मला पन्तको बलात्कारपछि हत्याका अपराधीलाई अझै पक्राउ गर्न नसकेको भन्दै गुनासो गर्नुभएको हो ।
स्वास्थ्यमन्त्री पौडेलले जलनपीडितहरुको समस्या पनि विकराल रहेको बताउनुभयो । उहाँले प्रविधिको विकाससँगै घरेलु र महिला हिंसाका घटना अहिले सतहमा देखिरहेको बताउनुभयो । उहाँले नेपाल महिला अधिकारको सम्बन्धमा समावेशी रहेको भएपनि महशुस हुने किसिमले व्यवस्थापन गर्न नसकेको बताउनुभयो ।
स्वास्थ्यमन्त्री पौडेलले इमर्जेन्सी सेवा सबैलाई निःशुल्क हुनुपर्ने भएपनि टिकट काटेर आएमात्रै बिरामी भर्ना गर्ने नत्र फर्काइदिने संस्कृति राम्रो नभएको बताउनुभयो । उहाँले पैसा भएको मात्रैको उपचार गर्ने हो की उपचार गर्न आवश्यक भएकाको उपचार गर्ने रु भन्दै प्रश्न गर्नुभयो । स्वास्थ्यमन्त्री पौडेलले सबैले व्यवस्थित ढंगबाट काम गर्नुपर्ने बताउनुभयो ।