अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:३८ | Colorodo: 10:53

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति ट्रम्पद्वारा एलन मस्कलाई विशेष पदमा नियुक्त

बिआरटीनेपाल २०८१ कार्तिक २८ गते ६:१८ मा प्रकाशित

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले एलन मस्कलाई ‘डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसिन्सी’ (डीओजीई) प्रमुख पदमा नियुक्त गर्नुभएको छ । यो पद औपचारिक क्याबिनेट पद भने होइन । यसको उद्देश्य सरकारी खर्च कटौती र दक्षता सुधार गर्ने हो ।राष्ट्रपतिको चुनावमा ट्रम्पलाई सघाउनुभएको मस्कले अब ट्रम्प नेतृत्वको सरकारी संयन्त्रलाई अधिक प्रभावकारी बनाउन सघाउने बीबीसीको खबरमा उल्लेख छ ।

मस्क नेतृत्वको ‘डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसिन्सी’ (डीओजीई) मा भारतीय मूलका विवेक राधास्वामीलाई पनि ट्रम्पले नियुक्त गर्नुभएको छ । खर्च कटौतीका लागि ट्रम्प अनावश्यक सरकारी विभाग र एजेन्सीहरूलाई बन्द गर्नुपर्ने र अप्रासङ्गिक नियम कानून संशोधनको तयारीमा हुनुहुन्छ । यसका लागि ट्रम्पले ‘सेभ अमेरिका’ नाम दिएर अभियान चलाउने बताउनुभएको छ । ट्रम्पको यही अभियानलाई अब एलन मस्क र विवेक रामास्वामीले सघाउने खबरमा उल्लेख छ । यस्तै ट्रम्पले फक्स न्यूजका प्रस्तोता पिट हेग्सेथलाई आफ्नो प्रशासनको भावी रक्षामन्त्रीमा मनोनयन गर्नुभएको छ ।

यसअघि ट्रम्पले हिजो फ्लोरिडाका सांसद माइक वाल्ट्जलाई राष्ट्रिय सुरक्षा सल्लाहकार र मार्को रुबियोलाई विदेशमन्त्रीमा नियुक्तिको घोषणा गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू