अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:४५ | Colorodo: 13:00

मितेरी सहकारीको १४ करोड रुपैयाँ ठगी प्रकरणमा सिआइबीले लियो धनराज गुरुङसँग बयान

बिआरटीनेपाल २०८१ कार्तिक २८ गते ५:४९ मा प्रकाशित

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी०ले नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङसँग बयान लिएको छ। बुधबार सिआइबी कार्यालयमा बोलाएर ललितपुरको मितेरी सहकारीमा भएको अपचलनबारे बयान लिएको हो। सिआइबीका प्रमुख एवं एआइजी दीपक थापाले गुरुङसँग लिखित बयान भएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले धनराजजीसँग पनि सोधपुछ गर्यौं। अनुसन्धानका लागि चाहिने विषयमा बयान लिएका हौँ। करिब चार पाँच घण्टा बयान भयो।’ धनराजकी पत्नी ज्योति गुरुङ पदाधिकारी रहेको मितेरी सहकारीमा सर्वसाधरणको १४ करोड रुपैयाँ अपचलन भएको संसदीय छानबिन समितिको निष्कर्ष छ। रास्वपा सभापति रवि लामिछानेलाई सहकारी ठगीमा अनुसन्धानका लागि पक्राउ गरेपछि गुरुङलाई पनि अनुसन्धानको दायरामा ल्याउन सरकारमाथि दबाब पर्दै आएको छ।

संसदीय छानबिन समितिले गुरुङलाई पनि छानबिनको दायरामा ल्याउन निर्देशन दिएको थियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू