अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:२४ | Colorodo: 14:39

भारतीय स्थल सेनाध्यक्ष पाँच दिने नेपाल भ्रमणमा आउँदै

बिआरटीनेपाल २०८१ कार्तिक २८ गते ५:३६ मा प्रकाशित

भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी पाँच दिने औपचारिक भ्रमणमा नेपाल आउनु हुने भएको छ । प्रधानसेनापति महारथी अशोकराज सिग्देलको निमन्त्रणामा भारतीय स्थल सेनाध्यक्ष आउँदो मङ्सिर ५ गतेदेखि ९ गतेसम्म नेपाल भ्रमणमा आउने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ ।

भ्रमणका क्रममा जनरल द्विवेदीले सैनिक मञ्च टुँडिखेलमा रहेको वीर स्मारकमा श्रद्धाञ्जली अर्पण, जङ्गी अड्डामा सम्मान गारत निरीक्षण, प्रधानसेनापति सिग्देलसँग भेटघाट गर्नु हुने छ । यस्तै उहाँले कमाण्ड तथा स्टाफ कलेजका शिक्षार्थीहरूसँग अन्तरक्रिया र पश्चिम पृतना मुख्यालयको भ्रमण गर्ने कार्यक्रम रहेको सेनाले जनाएको छ ।

भ्रमणको मुख्य अंशका रूपमा नेपाली सेना र भारतीय सेनाबीचको परम्परा अनुसार भारतीय सेनाध्यक्ष जनरल द्विवेदीलाई राष्ट्रपति रामचन्द्र पौडेलले मङ्सिर ६ गते विशेष समारोहका बीच नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ । साथै भारतीय स्थल सेनाध्यक्षले भ्रमणका क्रममा प्रधानमन्त्री, रक्षामन्त्रीसँग भेटघाट गर्नु हुने छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू