अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१० | Colorodo: 17:25

ज्वालामुखी विस्फोटका कारण उडेको खरानीले गर्दा इन्डोनेसियाको बालीमा उडान रद्द

बिआरटीनेपाल २०८१ कार्तिक २८ गते ५:२८ मा प्रकाशित

ज्वालामुखी विस्फोटका कारण निस्किएको खरानीले गर्दा इन्डोनेसियाको बालीमा हुने उडानहरू रद्द भएका छन् । ज्वालामुखीबाट उडेको खरानीको बादलका कारण उडानहरू रद्द भएका बीबीसीले जनाएको छ । क्वान्टास, जेटस्टार र भर्जिन अस्ट्रेलियाले बाली जाने यात्रुहरूलाई उडान अवरुद्ध भएकोबारे जानकारी गराएका छन् । लेवोताओबी लाकी–लाकी हिमालबाट उडिरहेको खरानीका कारण उडान असुरक्षित भएका हुन् ।

१० जनाको ज्यान जाने गरी ज्वालामुखी विस्फोट भएको एक हप्तापछि पनि विस्फोट भएको ठाउँबाट आकाशमा नाै किलोमिटर माथिसम्म खरानी उडिरहेको छ । ज्वालामुखीको खरानीले असर गर्न सक्ने भन्दै अस्ट्रेलियाको मौसम विभागले चेतावनी जारी गरेको छ ।

खरानीका कारण इन्डोनेसियामा दैनिक गतिविधि प्रभावित भएका छन् । ज्वालामुखी विस्फोट भएको ठाउँबाट ६ सय किलोमिटर पर रहेको लाबुआन बाजो शहरमा यस वर्षको ज्याज फेस्टिभल स्थगित गरेको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू