अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:४३ | Colorodo: 10:58

रास्वपाका पदाधिकारीहरू विरुद्धको अवेहलना निवेदन दर्ता गर्न आदेश

बिआरटीनेपाल २०८१ कार्तिक २७ गते ६:१० मा प्रकाशित

सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका पदाधिकारीहरु विरुद्ध पेश भएको अदालतको अवहेलना सम्बन्धी निवेदन दर्ता गर्न आदेश दिएको छ । न्यायाधीश विनोद शर्माको इजलासले यसअघि निवेदन दर्ता गर्न अस्विकार गर्ने आदेश(दरपीठ आदेश) बदर गरेको हो । यसअघि सर्वोच्च अदालत प्रशासनले राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय पदाधिकारीहरु विरुद्ध पेश भएको ‘अदालतको अवेहलना’ निवेदन दर्ता गर्न अस्वीकार गरेको थियो । त्यसविरुद्ध परेको निवेदनमा न्यायाधीश शर्माको इजलासले दरपिठ आदेश बदर गरेको हो ।

सर्वोच्च अदालतका सहरजिष्ट्रार अच्युत कुईकेलले ‘कहाँ कुन घटनाले कसरी अदालतको अवहेलना भएको हो रु’ भन्ने विवरण नखुलाइएको भन्दै रिट निवेदन दर्ता गर्न अस्वीकार (दरपीठ) गर्ने आदेश गर्नुभएको थियो । सहकारी ठगीको आरोपमा रवि लामिछाने पक्राउ परेपछि रास्वपाका केन्द्रीय पदाधिकारीहरू सहितका कार्यकर्ताले पोखरामा प्रदर्शन गर्दै आइरहेका छन् ।

अदालतबाट म्याद थप गरी थुनामा राखिएको घटनामा सडक प्रदर्शन गरेर रास्वपाका केन्द्रिय पदाधिकारीहरुले अदालतको अवहेलना गरेको भन्दै अधिवक्ता अनुपम भट्टराईले सर्वोच्च अदालतमा अवहेलनाको निवेदन दर्ता गरेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू