अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:१६ | Colorodo: 11:31

मध्यपूर्वमा शान्ति स्थापनाका लागि अरब र इस्लामिक देशहरूको अपील

बिआरटीनेपाल २०८१ कार्तिक २७ गते ५:५६ मा प्रकाशित

अरब र इस्लामिक देशहरूले इजरायलले मध्यपूर्वमा गरिरहेको आक्रमण तत्काल रोक्न माग गरेका छन् । साउदी अरबको रियादमा सम्पन्न अरब र इस्लामिक देशहरूको आपत्कालीन शिखर सम्मेलनले इजरायलको निन्दा गर्दै आक्रमण तत्काल रोक्न माग गरेको बीबीसी हिन्दीले जनाएको छ । सम्मेलनमा सहभागीहरूले गाजा र लेबनानमा इजरायलले नरसंहार गरेको बताएका छन् । सम्मेलनले संयुक्त प्यालेस्टाइनलाई पूर्णरूपमा स्वतन्त्र राज्यको मान्यता दिन राष्ट्रसङ्घसँग माग पनि गरेको छ ।

सम्मेलनमा संयुक्त अरब इमिरेट्स (यूएई) सहित इराक, सिरिया, इजिप्ट, जोर्डन, कतार, पाकिस्तानलगायत देशका सरकार र राष्ट्रप्रमुखसमेत गरी ५० जनाभन्दा धेरै नेताको सहभागिता रहेको थियो । उनीहरूले मध्यपूर्वमा शान्ति स्थापनाका लागि पहल गर्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वानसमेत गरेका छन् ।

गएको आइतवार कतारले इजरायल र हमासबीच निर्वाह गर्दै आएको मध्यस्थताको भूमिकाबाट अलग भएको घोषणा गरेको थियो । त्यही दिन प्यालेस्टिनी विद्राेही समूह हमासले अरब र इस्लामिक देशहरूको गठबन्धन बनाउन अपील गरेको थियो । लगत्तै भएको अरब र इस्लामिक देशहरूको आपत्कालीन शिखर सम्मेलनलाई अर्थपूर्ण रूपमा हेरिएको बीबीसी हिन्दीले उल्लेख गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू