अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:५६ | Colorodo: 09:11

सुनको मूल्य तोलामा २४ सयले घट्यो

बिआरटीनेपाल २०८१ कार्तिक २७ गते ५:४८ मा प्रकाशित

स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ । मंगलबार छापावाल सुन तोलामा २४ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज सुन प्रतितोला एक लाख ६२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन प्रतितोला एक लाख ६५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यसदिन चाँदीको मूल्य तोलामा ३० रुपैयाँ घटेको छ । चाँदी प्रतितोला एक हजार ९२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू