अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४१ | Colorodo: 18:56

गृहमन्त्री लेखकद्वारा निर्माणाधीन गृहमन्त्रालय भवनको निरीक्षण

बिआरटीनेपाल २०८१ कार्तिक २७ गते ५:०६ मा प्रकाशित

गृहमन्त्री रमेश लेखकले निर्माणाधीन गृह मन्त्रालयको भवनको निरीक्षण गर्नुभएको छ ।मंगलबार गृहमन्त्री लेखकले सिंहदरबारभित्र गृह मन्त्रालयका लागि नयाँ बन्दै गरेको भवनको निरीक्षण गर्नुभएको हो ।अत्याधुनिक प्रविधिमा बन्दै गरेको भूकम्प प्रतिरोधात्मक भवन बन्ने तयारीमा रहेको छ । अहिलेको गृह मन्त्रालयको भव पुरानो र साँघुरो भएसँगै नयाँ भवन बन्न लागेको हो ।

निरिक्षणको क्रममा गृहमन्त्री लेखकले नयाँ भवनलाई उज्यालो बनाउन निर्देशन दिनुभयो । उहाँले नयाँ भवन निर्माण अवधिभित्रै सम्पन्न गरी बुझाउन निर्माण कम्पनीलाई आग्रह समेत गर्नुभएको छ । भवन निर्माण कम्पनी माउण्टटेण्ड सत्यश्वरका प्रतिनिधि अच्युत भण्डारीले नयाँ भवन निर्माण गर्न पाएको समय सीमाभित्रै सम्पन्न गर्ने बताउनुभयो । उहाँले निर्माण कम्पनीले सम्झौता गरेअनुरुप भवनको गुणस्तरीय बनाएर समयमा नै सरकारलाई हस्तान्तरण गरिने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू